नियम २०
सेवा सुचारु गर्ने
(१) ऐनको दफा २५ को उपदफा (१) बमोजिम अनुमतिपत्रको अवधि समाप्त भएको वा ऐनको दफा ३३ को उपदफा (४) बमोजिम साविकको सेवा प्रदायकले नयाँ अनुमतिपत्र लिई सेवा सञ्चालन गर्न नचाहेको तर यस नियमावली बमोजिम नयाँ अनुमतिपत्र जारी नभएको सेवा प्रदायक र नियम १८ बमोजिम प्राधिकरणले नियन्त्रणमा लिएको सेवा प्रदायकको सेवालाई प्राधिकरणले व्यवस्थापन समूह मार्फत सुचारु गर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्रको अवधि समाप्त हुँदा वा प्राधिकरणले नियन्त्रणमा लिँदा त्यस्तो सेवा प्रदायकका नगण्य सङ्ख्यामा ग्राहक भएको अवस्थामा त्यस्ता ग्राहकको हकमा प्राधिकरणले कुनै वैकल्पिक व्यवस्था गरी सेवा सुचारु नगर्न सक्नेछ।
(३) अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकको नियमित आयबाट त्यस्तो सेवा प्रदायकले दिई आएको सेवा उपनियम (१) बमोजिम सञ्चालन हुन नसक्ने भएमा यस नियमावली बमोजिम लिलाम बिक्री वा नियम ३२ बमोजिम सकार गरी हस्तान्तरण नभएसम्म नियम २६ बमोजिम सम्पत्ति र दायित्व यकीन गर्दा सेवा सञ्चालन गर्दा लागेको थप खर्च दायित्वको रुपमा कायम हुने गरी प्राधिकरणले आवश्यक थप रकम व्यवस्था गरी सेवा सञ्चालनको व्यवस्था गर्न सक्नेछ।